निक्कै नाजुक अवस्थामा जानकी फाइनान्स, खराब कर्जा २१८ प्रतिशतले बढ्यो

Apr 26, 2018 merolagani

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिमा जानकी फाइनान्सले निक्कै खराब वित्तीय विवरण सार्वजनिक गरेको छ । खराब कर्जाको भार बढ्दा फाइनान्सको खुद नाफा ६१ प्रतिशतले गिरवाट आएको छ ।

चालु आर्थिक बर्षमा फाइनान्सले २ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । जुन गतबर्षको भन्दा ६१.२५ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा फाइनान्सले ६ करोड ८५ लाख खुद नाफा कमाएको थियो ।

फाइनान्सको संचालन मुनाफा र खुद ब्याज आम्दानी घटेसंगै खराब कर्जा उच्च भएपछि नाफा प्रभावित भएको हो । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी १०.८० प्रतिशतले घटेको छ भने संचालन मुनाफा  ३ करोड ९१ लख ऋणात्मकछ । 

गतबर्षको तेस्रो त्रैमासमा ५.२८ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा २१८ प्रतिशतले बढेर १६. ८३ प्रतिशतमा पुगेको छ । यसले वित्तीय संस्था ज्यादै नै कमजोर देखिएको छ । फाइनान्सको प्रतिशेयर ६.५८ रुपैयाँ मात्र छ ।

फाइनान्सको चुक्ता पूजी ४० करोड ३३ लाख ९३ हजार रहेको छ भने जगेडा कोषमा  १८ करोड ८३ लाख रहेको छ ।जसको निक्षेप एक अर्ब ५० करोड र कर्जा एक अर्ब ३३ करोड छ ।



comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।