सेन्ट्रल फाईनान्सको झण्डै ११ लाख कित्ता सेयर लिलामीमा आउने

Apr 26, 2018 merolagani

सेन्ट्रल फाईनान्स (CFCL) ले हकप्रदमा बिक्री हुन नसकेको १० लाख ८५ हजार ९३९ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले ९ लाख ८१ हजार ७०८ कित्ता संस्थापक र एक लाख ४ हजार २३० कित्ता सर्वसाधारण सेयरको वैशाख २० गतेदेखि लिलामी गर्ने जनाएको छ ।

लिामीको सेयर लिन इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले बैशाख २० गते देखि २७ गतेसम्म शिलबन्दी आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

लिलामीमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौ र यस क्यापिटलको शाखा कार्यालय लालदरबार काठमाडौ, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बीरगंजर, गोल्हाचोक बिराटनगर तथा एनआईबिएल बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढी र यसै फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोलबाट आवेदन दिन सकिने व्यवस्था गरेको गरेको छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ बढी मूल्य गरी बोलकबोल गर्न सकिनेछ भने सेयर आवेदन न्यूनतम एक सय र अधिक्तम सबै सेयरकोलागि शिलबन्दि बोलपत्र गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

हाल कम्पनीको चुक्त पूँजी ७८ करोड ९ लाख रुपैयाँ रहेकोछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।