सिभिल लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा गत बर्षको तुलनामा ८० प्रतिशत बढी नाफा आर्जन गरेको छ । गत बर्ष ४६ लाख १४ हजार खुद नाफा कमाएको लघुवित्तले ८२ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
दश करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ०८ पैसा रहेको छ । लघुवित्तले एक करोड १२ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित रहेको छ ।
यस अवधिमा कम्पनीले १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले ३ करोड ३९ लाख खुद व्याज आम्दानी गरेको देखिन्छ ।
निष्कृय कर्जा अनुपात बढेर १.०२ प्रतिशत पुगेपछि लघुवित्तको कर्जा नोक्सानी कोष बढेर ३१ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।