नबिलकाे खुद नाफा वृद्धिमा लाग्यो ब्रेक, कर्जा लगानी र निक्षेप संकलनमा पनि कमजोर

Apr 27, 2018 Merolagani

अघिल्ला बर्षहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंकको रुपमा छबि बनाएको नबिल बैंक (NABIL) को ताज चालू आवको तेस्रो त्रैमासमा इन्भेष्टमेष्ट बैंकले खोसेको छ । निक्षेप संकलन र कर्जा परिचालनमा पनि बैंकले उल्लेख्य प्रगति हासिल गर्न सकेको छैन । यद्यपि समग्रमा बैंक त्यति कमजोर पनि देखिँदैन । तर प्रतिस्पर्धामा उत्रन बैंककाे कमजाेरीमा सुधार गर्न भने जरूरी छ ।

गत बर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा बढाएको नबिल बैंकले चालू आवको तेस्रो त्रैमासमा भने चुक्ता पूँजीको वृद्धिको अनुपातमा निकै थोरै मात्र नाफा खुद नाफा बढाएको छ । गत बर्ष दुई अर्ब ६३ करोड नाफा गरेको बैंकको नाफा दुई अर्ब ७९ करोड पुगेको छ ।

तरलता संकटकले बैंकको निक्षेप लागत दोब्बर बढेको छ । गत बर्ष २.२८ प्रतिशत रहेको लागत बढेर ४.६३ प्रतिशत पुग्दा बैंकको निक्षेप वृद्धि पाँच प्रतिशत मात्र बढेको छ । उता कर्जा लगानीमा १६ प्रतिशत बढाएको छ ।  यस अवधिमा बैंकले एक खर्ब २३ अर्ब निक्षेप संकलन गरि एक खर्ब पाँच करोड रुपैयाँ कर्जा परिचालन गरेको हाे ।

नबिल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा अन्य समकक्षी बैंकहरु इन्भेष्टमेन्ट र एनआईसी एशिया बैंकभन्दा पछाडि परेको छ । यसअघि खुद नाफामा  र निक्षेप संकलन र कर्जा परिचालनमा अरु बैंकभन्दा अगाडि रहने गरेको थियो । बैंकलाई खुद नाफामा इन्भेष्टमेन्ट बैंकले ४ कराेड रूपैयाँले पछाडि पारेको छ ।

बैंकको व्याज आम्दानीभन्दा झण्डै तीन गुणा बढी व्याज खर्च बढेकाले खुद नाफामा प्रतक्ष्य असर गरेको देखिन्छ । निष्कृय कर्जा अनुपात बढ्न पुग्दा बैंकलार्इ गत बर्षको यसै अवधिको तुलनामा २३ करोड थप कर्जा नोक्सानी व्यवस्थाको भार थपिएको छ  ।

बैंकको कर्जा निक्षेप अनुपातमा भने सुधार आएको छ । गत बर्ष झण्डै ८० प्रतिशत रहेकोमा अहिले ७६ प्रतिशत मात्र देखिन्छ । कर्मचारी खर्चमा २२ प्रतिशत बढी खर्च गरेको बैंकले अन्य सञ्चालन खर्चमा भने नियन्त्रण नै गरेको छ ।

बैंकले ६ अर्ब १८ करोडको चुक्ता पूँजीमा ३० प्रतिशत बोनस वितरण गरेर आठ अर्ब तीन करोड पुर्याएकाे छ । उता प्रतिसेयर आम्दानी १२ रुपैयाँले संकुचन आई ४६ रुपैयाँ ८३ पैसा कायम भएकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।