कृषिको सञ्चालन नाफा ६४ करोडमा खुम्चियो, खराब कर्जा असुलीबाट जोगियाे साख

Apr 27, 2018 Merolagani

सरकारी स्वामित्वको कृषि विकास बैंक (ADBL) को सञ्चालन नाफा गत बर्षको तुलनामा एक अर्ब १६ करोडले घटेको छ । बैंकले संम्भावित कर्जा नोक्सानी वापत एक अर्ब ८८ करोड व्यवस्था गरेपछि सञ्चालन नाफा ६४ करोड ७३ लाखमा खुम्चिएको हो । बैंकले गत बर्ष एक अर्ब ८१ करोड सञ्चालन नाफा गरेको थियो ।

बैंकले गत बर्ष ३९ करोड ४० लाख कर्जा नोक्सानी व्यवस्था गरेकोमा अहिले एक अर्ब ८८ करोड गरेको छ । नोक्सानी व्यवस्था सरह नै खराब कर्जा असुलीको कारण बैंकले खुद नाफा भने १३ प्रतिशतले सुधार गरेकाे हाे । यस अविधमा बैंकले एक अर्ब ७८ करोड ८३ लाख खुद नाफा कमाएको छ । नोक्सानी व्यवस्था सरह नै खराब कर्जा असुली गरेकाले मात्र नाफा बैंकको साख जोगिएको हाे ।

कृषि विकास बैंकले चालू आवको तेस्रो त्रैमाससम्म बाणिज्य बैंकमध्ये सबैभन्दा बढी व्याज आम्दानी गरेको छ । बैंकको कोषको लागत ५ बाट ७ प्रतिशतमा बढेपछि व्याज आम्दानीको तुलनामा व्याज खर्च अत्याधिक बढेको देखिन्छ । १९ प्रतिशतले व्याज आम्दानी बढाएको बैंकको व्याज खर्च ८९ प्रतिशतले बढेको छ ।

गत बर्ष ५ अर्ब १५ करोड खुद व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी ८४ करोड ४१ लाखले घटेर ४ अर्ब ३० करोडमा झरेको छ। ९ महिना अवधिमा बैंकले ९ अर्ब ४६ करोड व्याज आम्दानी गरि ५ अर्ब १६ करोड व्याज खर्च गरेको छ ।

२० प्रतिशत बाेनस बाँडेर अाठ अर्ब ५० कराेड चुक्त्ता पूँजी कायम गरेकाे बैंकले प्रतिसेयर अाम्दानी भने २४ रूपैयाँ कायम नै राखेकाे छ । जगेडा काेष ११ प्रतिशतले बढेर ९ अर्ब ६४ कराेड पुगेकाे छ । 

कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा बैंकले १० प्रतिशत बढीले खर्च कटौती गरेको देखिन्छ ।आगामी दिनमा बैंकले निष्कृय कर्जा घटाउन केन्द्रीत हुनेपर्ने देखिन्छ । यस अवधिमा मात्र बैंकको खराब कर्जाको अनुपात ३.४९ रहेको देखिन्छ जुन धेरै हो । कतिपय बाणिज्य बैंकले एक प्रतिशत तल खराब कर्जाको अनुपात राख्दै आएका छन् ।

निक्षेप संकलनलाई मजबुत पार्दै आगामी दिनमा व्याज खर्च र असल ऋणीमा कर्जा प्रवाह गर्न सकेमा बैंकको नाफा बढ्न सघाउ पुग्ने प्रशस्त अाधार देखिन्छ । कर्जा  निक्षेप अनुपात र कर्जाकाे अाधार ब्याजदर उच्च छ यसलार्इ नियन्त्रणमा राख्न जरूरी छ ।

पूँजी काेष अनुपात १६ प्रतिशत बढी रहेकाे बैंककाे प्रतिसेयर नेटवर्थ २१० रूपैयाँ तथा मूल्य अाम्दानी अनुपात १३.८८ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।