खर्चमा सन्तुलन गुमाउँदा माछापुच्छ्रेकाे खस्कियाे नाफा

Apr 27, 2018 Merolagani

माछापुछ्रे बैंक(MBL)ले चालू आर्थिक बर्षको तेश्रो त्रेमासमा ८१ करोड ५० लाख मुनाफा कमाएको छ । गत बर्षको यही त्रैमासमा बैकको नाफा १ अर्ब ५१ लाख थियो । गत बर्षको तुलनामा बैंकको नाफा १८.९१ प्रतिशतले कमी आएको छ । 

यद्यपि तरलता अभावमा पनि बैंकले ६८ अर्ब ४३ करोड निक्षेप संकलन गर्न सफल देखिएको छ । बैंकले ६२ अर्ब २१ करोड रूपैयाँ लगानी गरेको छ । यस अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालन दुबै १७ प्रतिशत बढीले विस्तार गरेकाे छ । 

बैंककाे चालू त्रैमासका १ अर्ब ७८ करोड खुद व्याज आम्दानी गरेकाे छ । यो गत बर्षको यही समयको भन्दा १.७४ ले बढी हो । समीक्षा अबधिमा बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा व्यापक बढोत्तरी भएको छ  ।

गत बर्षको तुलनामा बैंककाे कर्जा जोखिम व्यवस्थापन कोष ४ कराेडले बढेर  १८ कराेड ४४ लाख पुग्दा ६ कराेड ८० लाख असुली गरेकाे छ । 

बैंकले गत बर्ष ३ कराेड ६८ लाख कमर्चारी खर्च गरेकाेमा अहिले बढेर पाँच कराेड र अन्य सञ्चालन खर्च ४० लाख बढेकाे छ । व्याज खर्च बढ्दा खुद व्याज अाम्दानीमा प्रयाप्त सुधार अाउन सकेकाे छैन । खुद व्याज अाम्दानी २ प्रतिशत भन्दा कम वृद्धि देखिन्छ ।

बैंकको सञ्चालन अाम्दानी  करीब ९ प्रतिशतले घटेको देखिन्छ । गत बर्षको तेश्रो त्रैमासमा १ अर्ब ३३ करोडकाे सञ्चालन नाफा अहिले आएर १ अर्ब ७८ करोडमा सीमित भएको छ । बैंकले अन्य सञ्चालन आम्दानी गत बर्ष ९ करोड ४५ लाख कमाए पनि अहिले ४ लाख ४८ हजारमात्र कमाएको पाइएको छ भने राइट व्याक गरेको रकम गत बर्षको तुलनामा कम छ । जसले बैंकको खुद नाफामा गिरावट आएको हो ।

कम्पनीको असामान्य काराेबारबाट हुने आम्दानी पनि समीक्षा अवधिमा १ करोड ७९ लाखबाट ७ लाख २० हजारमा सीमित भएको छ । बैंकले खराब कर्जाको मात्र ०.३६ प्रतिशतबाट ०.३५ मा झारेको छ ।गत वर्ष २४ रुपैयाँ ६९ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १३ रुपैयाँ ४९ पैसामा झरेको  छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।