गुहेश्वरी मर्चेण्टको दशौं शाखा नारायणगढ चितवनमा, झण्डै ६ करोड सञ्चालन नाफा अार्जन

Apr 27, 2018 Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले शुक्रबार चितवन नारायणगढमा शाखा बिस्तार गरेको छ । विस्तारित शाखा फाइनान्सको १० औं शाखा कार्यालय हाे ।

गुहेश्वरी मर्चेण्टले चैत्र मसान्तसम्ममा फाइनान्सले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको गरेको छ भने २ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको चुक्ता पूँजी ८० करोड रहेको छ भने १० करोड र ६० लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । यस अवधिमा फाइनान्सले ५ करोड ९५ लाख रुपैयाँ सञ्चालन मूनाफा गरेको कम्पनीले जनाएको छ ।

फाइनान्सले प्रधान कार्यालय हरिहर भवन, ललितपुरका अतिरिक्त काठमाडौमा चावहिल चुच्चेपाटी तथा कान्ती राजपथ, हेटौंडा, आदर्श नगर वीरगञ्ज, चारआली, विर्तामोड ,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुर, जनकपुर, धनुषामा शाखा कार्यालय रहेका छन् ।

कम्पनीले एटिएम सेवा, एस.एम.एस र इन्टरनेट बैंकिङ्ग लगायत विभिन्न एक्सटेन्सन् काउन्टर तथा विप्रषण भुक्तानी सुविधा, डिपि सेवा र सि–आस्वा सम्बन्धी सेवाहरु प्रदान गर्दे आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।