बैकको चुक्ता पूँजी गत बर्ष १ अर्ब ३८ करोडबाट १८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड पुगेको छ ।
देव विकासलाई खराब कर्जा चिन्ताको बिषय बनेको छ । गत बर्षको यो समयमा १.३९ प्रतिशत रहेको निष्कृय कर्जा अहिले ३.०१ प्रतिशत पुगेको छ । त्यसैले बैंकले जोखिम कोष व्यवस्थापनमा ५ करोड ९ लाख छुट्याउनु परेको छ ।
बैंकले तेश्रो त्रैमाससम्ममा १३ अर्ब ९५ लाख निक्षेप संकलन गरेको छ भने १२ अर्ब ६२ करोड लगानी गरेको छ ।
बैंकको रिजर्भमा ६६ करोड २५ लाख रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १४०.५७ रहेको छ ।