समीक्षा अवधिमा ५ अर्ब ८८ करोडबाट ८ अर्ब १३ लाख चुक्ता पूँजी पु¥याएको बैकले बढेको पूँजी अनुसारको कमाई गर्न नसक्दा प्रतिशेयर आम्दानी घटेको पाइएको छ । गत बर्ष ३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १४.४५ रुपैयाँ कायम भएको हो । अझ बैंकले अवितरित हकप्रद चुक्ता पूँजीमा गणना गरेको छैन ।
तेश्रो त्रैमाससम्म आइपुग्दा बैकले कर्जा र निक्षेप दुबै २२ प्रतिशतले विस्तार गरेको छ । बैंकले ८७ अर्ब ६४ करोड निक्षेप संकलन गरेर ७३ अर्ब ७ करोड लगानी गरेको देखिन्छ । यसबाट बैकले एक अर्ब ९० करोड खुद व्याज आम्दानी कमाएको छ । गत बर्षको यही समयमा बैंकको खुद व्याज आम्दानी पाँच करोड बढी एक अर्ब ९५ करोड रहेको थियो । बैंकले ५ अर्ब ८५ करोड व्याज कमाउँदा ३ अर्ब ९५ करोड ब्याज खर्च गरेको छ ।
बैंकको कर्मचारी खर्च २२ करोडले बढेको छ भने जोखिम व्यवस्थापन कोषमा गत बर्षको यही त्रैमासको तुलनामा १८ प्रतिशत धेरै ३४ करोड ३९ लाख रकम व्यवस्था गरेको छ ।
बैंकले खराब कर्जा उठाउन मेहनत गरेको छ । समीक्षा अवधिमा बैकको खराब कर्जा ४.१२ बाट घटेर ३.९० प्रतिशतमा कायम भएको छ । यस अवधिमा बैंकले ७५ करोड ७४ लाख खराब कर्जा असुली गरेको छ ।
बैंकको जगेडा कोष भने आकर्षक बनेको छ । गत बर्ष रहेको एक अर्ब ८७ करोडको जगेडा कोष एक अर्ब ५० करोड बढेर अहिले ३ अर्ब ४१ करोड पुगेको छ । बैंकको निक्षेप लागत दोब्बर बढ्दा व्याज खर्चमा गत बर्षभन्दा ११९ प्रतिशतको बढी खर्च देखिन्छ ।