नेपाल कम्युनिटीले बैशाख २८ गतेदेखि बुकक्लोज गर्ने

Apr 27, 2018 Merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले आगामी साधारण सभाका लागि बैशाख २८ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । सभामा गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलार्इ ८.६१ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । यसअनुसार बैशाख २७ गतेसम्म कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चार करोड १७ लाख ४६ हजार १२० रुपैयाँको बोनस बाँड्न लागेको हो । बोनसपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ । 

बैंकले जेठ १८ गते दरबार लन प्राली रुपन्देहीमा बिहान ९ बजे आठौं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा बैंकको केन्दूीय कार्यालको ठेगाना परिवर्तन गर्ने, मर्जर एक्वायर प्रस्ताव पारित गर्ने, सञ्चालक समितिको भत्ता वृद्धि र अन्य आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विशेष प्रस्ताव रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।