तीन गुणा बढेकाे एनसीसी बैंकको खुद नाफालाई कसरी हेर्ने ?

Apr 28, 2018 Merolagani

चारवटा विकास बैंकहरु गाभेर गत आर्थिक बर्षमा एकीकृत तेस्रो त्रैमासिक वित्तीय विवरण निकालेको नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) साे समयमा निकै धरासायी देखिएपनि चालू आवको तेस्रो त्रैमासमा आईपुग्दा बैंकले राम्रो लय समात्न थालेको छ ।

चालू आवको ९ महिनाको अवधिमा बैंकले ५४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत बर्षभन्दा तीन गुणा बढी हो । एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट लगायतको खराब कर्जा (४.६८%) उल्लेख्य बढेपछि गत बर्ष बैंकले एक अर्ब बढी नोक्सनी व्यवस्था गरेको थियो । सोही कारण बैंकको खुद नाफा १६ करोडमा खुम्चिएको थियो ।

चालू अावकाे ९ महिनाकाे वित्तिय विवरण निकालेका बाणिज्य बैंककाे खुद नाफाका अाधारमा हेर्दा भने बैंककाे नाफा सिभिल  र मेगा बैंकभन्दा बढी हाे । यद्यपि याे नाफा प्रयाप्त हैन अन्य बैंकसँग प्रतिस्पर्धामा उत्रन बैंकलार्इ थप सुधार अावश्यक देखिन्छ ।

एपेक्स काण्डमा कमसल धितो राखेर कर्जा लिएका ऋणीदेखि सो कर्जा प्रवाहमा संलग्न बैंकका उच्च कर्मचारीहरुलाई समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले नियन्त्रणमा लिएर अहिले कारबाही प्रकृया अगाडि बढाएको छ । यस सन्दर्भमा बैंकले यसअघि गरेको नोक्सानी व्यवस्था र ऋण उठ्न सकेमा बैंक अझ सशक्त बन्दै जाने देखिन्छ ।

बैंकले खराब कर्जा अनुपात घटाएपछि नोक्सानी व्यवस्था ७६ प्रतिशतले घटेर २३ करोड मात्र गरेको छ भने कर्जा असुली १६ करोडबाट बढाएर ४४ करोड पुर्याएको छ जसले बैंकको नाफा वृद्धिमा सहयोग गरेको देखिन्छ । कर्जा निक्षेप अनुपातमा केही सुधार गरेपनि बैंकको निक्षेप संकलन र कर्जा परिचालन निकै सुस्त देखिन्छ ।

 

तेस्राे त्रैमाससम्ममा बैंककाे  व्याज खर्च  गत बर्षभन्दा ६७ प्रतिशत र कर्मचारी खर्च २८ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन लागत ५० प्रतिशतले बढेपछि बैंकको आधार व्याजदर १२ प्रतिशत माथि पुगेको छ । बैंकले गत बर्ष शतप्रतिशत बढी निक्षेप र कर्जा लगानी बढाएपनि अहिले भने ६ प्रतिशत हाराहारी मात्र बढेकाे देखिन्छ । यसमा बढाेत्तरी गर्न अावश्यक देखिन्छ ।

बैंकको व्याज आम्दानीमा २६ प्रतिशत सुधार अाएपनि व्याज खर्च बढेपछि खुद व्याज आम्दानी भने गत बषभन्दा ५३ करोड कम आर्जन भएको छ । गत बर्ष एक अर्ब ५४ करोड व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी एक अर्ब एक करोडमा समेटिएको हो ।

आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि त्यो प्रकृया विविध अल्झनले अगाडि बढ्न सकेको छैन । यसकारण बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड नै रहेको देखिन्छ । पूँजी नबढेपछि र खुद नाफामा साढे ३७ करोडले सुधार गर्दा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँबाट साढे १५ रुपैयाँ पुगेको छ ।

बैंकले ७३ करोडले जगेडा कोष सुधार गरेर ३ अर्ब १२ करोड सञ्चित गरेको छ । जुन गत बर्षको भन्दा ३० प्रतिशत बढी हो । कम्पनीको पूँजी कोष अनुपात गत बर्षभन्दा कम भएकाले अवस्था सुधार्नु चाँही अनिबार्य बन्न जान्छ ।

एनसीसी बैंकले एपेक्स सहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फास्टक्चर डेभलपमेन्ट बैंकलाई आफुमा मिलाएर २०७३ पुस १७ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।