राष्ट्रिय बाणिज्य बैंक बन्याे सबैभन्दा बढी नाफा कमाउने बैंक, खुद नाफा ३ अर्ब ८ कराेड

Apr 28, 2018 Merolagani

राष्ट्रिय बाणिज्य बैंक (RBB) ले आर्थिक बर्षको तेश्रो त्रैमासमा ३ अर्ब ८ करोड ५० लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत बर्ष २ अर्ब ७ करोड ४९ लाख कमाएको बैंकको नाफा करिब ४९ प्रतिशतले बढोत्तरी भएकाे हो । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ३२.१६ रूपैयाँबाट बढेर ४७.८९ रूपैयाँ पुगेको छ । 

एनअार्इडिसी डेभलपमेन्ट बैंकलार्इ बैशाख १९ गतेदेखि गाभेर एकीकृत काराेबार गर्न लागेकाे राष्ट्रिय बाणिज्य बैंककाे समीक्षा अवधिमा जगेडा कोष २ अर्ब ९ करोडबाट ४ अर्ब ९७ करोड पुगेकाे छ । बैंकले आगामी दिनमा जगेडा काेषबाट लाभांश वितरण गर्ने हुँदा एनअाइडिसी डेभलपमेन्ट  बैंकका सेयरधनीले  राम्राे प्रतिफल  प्राप्त गर्नसक्ने देखिएकाे छ । राष्ट्रिय बाणिज्य बैंककाे भने हालसम्म सेयरधनी रहेका छैनन् । 

चालू अावकाे तेस्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ खर्ब ५३ अर्ब २२ कराेड निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब ८० कराेड लगानी गरेको छ । बैंकले  गत बर्षकाे तुलनामा निक्षेप १७ अर्ब र कर्जा परिचालन ११ अर्ब बढीले विस्तार गरेकाे छ । 

बैंककाे खराब कर्जा २.७० प्रतिशतबाट बढेर २.९० प्रतिशतकाे छ । खराब कर्जा बढेपछि जोखिम व्यवस्थापन कोषमा १ अर्ब २४ करोड व्यवस्था गरेकाे छ ।  यसका बाबजुत बैंककाे नाफा गत बर्षकाे तुलनामा  एक अर्ब एक कराेड रूपैयाँले बढेकाे छ ।

गत बर्षको ६६ करोड ४२ लाख रूपैयाँ मात्र राइटब्याक गरेको बैंकले यस पटक १ अर्ब ६ करोड रूपैयाँ राइट ब्याक गर्न सफल देखिन्छ ।

यस अवधिमा बैंकले ८ अर्ब २५ कराेड व्याज अाम्दानी गरेर दुर्इ अर्ब ६ कराेड खर्च गरेकाे छ । बैंककाे व्याज अाम्दानी एनअार्इसी एशिया र इन्भेष्टमेन्ट बैंककाे भन्दा थाेरै हाे । यद्यपि व्याज खर्च भने ती बैंककाे तुलनामा निकै कम गर्दा बैंककाे खुद ब्याज अाम्दानी बढेर समग्रमा नाफा अर्ब बढीले बढेकाे हाे ।

बैंकले खुद ब्याज आम्दानीमा पनि समीक्षा अवधिमा ३२ प्रतिशतले सुधार गरेको छ । गत बर्ष ४ अर्ब ६७ करोड रहेको ब्याज आम्दानी अहिले ६ अर्ब १९ करोड पुगेको छ । बैंकको आधार ब्याजदर ६.२ प्रतिशत र सिसिडी रेसियो ७३ प्रतिशतकै हाराहारीमा हुनुले बैंकले कर्जा विस्तारमा थप प्रगति गर्ने सहज वातावरण अवस्था छ ।

पुराना कर्मचारीलाई बिदाई गरेर बैंकले कर्मचारी लागत खर्च गत बर्षको तुलनामा घटाएको छ । समीक्षा अवधिमा बैंकले कर्मचारी खर्च २ अर्ब ११ करोडबाट १ अर्ब ९२ करोडमा झारेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।