प्राइम लाइफको व्यवसाय विस्तार हुँदै बीमा शुल्क आर्जन तथा नाफा बढ्यो

Apr 29, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यवसाय प्रगति उन्मुख रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा शुल्क आर्जन तथा खुद नाफा बढाएको छ । बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड ३१ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशत बढी हो । गत बर्ष कम्पनीले १० करोड ७४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रहेको छ भने जगेडा कोषमा ९४ करोड ८२ लाख रहेको छ । जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड, महाविपत्ती कोषमा ८ करोड ४९ लाख राखेको छ । बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा कम्पनीले ३२.५ प्रतिशत बोनसपछि १६० प्रतिशत हकप्रद बिक्री गरेको छ । जुन पूँजीकृत हुन बाँकी छ ।

कम्पनीको खुद बीमा शुल्क १९.२२ प्रतिशत बढेको छ भने र खुद दाबी भुक्तानी १२ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको आम्दानी ३२.३१ प्रतिशतले बढेको छ भने खर्च तथा व्यवस्थाहरु ३०.५६ प्रतिशतले बढेको छ ।

कम्पनीले गत बर्षको यसै अवधिको तुलनामा २३ करोड बढी खुद बीमा शुल्क आर्जन गरेको छ । चैत्रसम्म कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब २२ रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले २४ करोड ८१ लाख रुपैयाँ मात्र दाबी भुत्तानी गरेको छ भने एक करोड ७६ लाख दाबी भुत्तानी गर्न बाँकी छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ३१.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.३१ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २०.४३ गुणा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।