मर्ज हुन लागेका मेगा र टुरिजमले कस्ताे गरे प्रगति ?

Apr 29, 2018 Merolagani

मेगाको खुद नाफा घट्दा बढाउँदै टुरिजम
एक आपसमा मर्जरमा जान लागेका मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासिक प्रतिवेदनमा टुरिजम् बैंकले प्रगतिको फड्को मार्दा मेगा बैंक भने पछाडि फर्किएको छ । टुरिजमले गत बर्षभन्दा एक करोड १५ लाखले खुद नाफामा सुधार गर्दा मेगाको नाफा एक करोड ७५ लाख रुपैयाँ घटेको हो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा मेगा बैंकले ५२ करोड ४९ लाख कमाउँदा टुरिजमले २१ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । मेगाको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजमकाे दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ । मेगाको जगेडा कोषमा एक अर्ब ८१ करोड सञ्चित रहँदा टुरिजमले ४४ करोड २२ लाख  सञ्चित रहेको छ ।

यस अवधिमा मेगाा बैंकले ४३ अर्ब निक्षेप संकलन गरि ४१ अर्ब २८ कराेड कर्जा प्रवाह गरेको छ । बैंकले गत बर्षको तुलनामा ४ अर्बले निक्षेप तथा ६ अर्ब रुपैयाँले मात्र कर्जा लगानी बढाएको हो ।

उता टुरिजमले १३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । बैंकले गत बर्षको तुलनामा २ अर्बले निक्षेप र साढे ३ अर्ब रुपैयाँ बढीले कर्जा विस्तार गरेको छ ।

खुद व्याज आम्दानीका आधारमा हेर्दा मेगाले एक अर्ब ३० करोड तथा टुरिजमले ५० करोड ५३ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । खुद व्याज आम्दानी क्रमश १५ करोड तथा साढे ११ करोडले बढाएका हुन् ।

निष्कृय कर्जा अनुपातका आधारमा मेगा बैंकले टुरिजमलाई उछिनेको छ तर दुबै बैंकको बढेका छन् । मेगाको ०.९८ प्रतिशत रहँदा टुरिजमकाे १.४० प्रतिशत रहेको छ ।

मेगााको नोक्सानी व्यवस्था १७ करोड १९ लाखबाट ३५ करोड ८९ मा बढेको छ भने टुरिजमकाे ३ करोड ८१ लाखबाट ९ करोड ८६ लाख पुगेको देखिन्छ । मेगाले १० करोड ५९ लाख र टुरिजमले ३ करोड ३ लाख रुपैयाँ खराब कर्जा असुली गरेर नाफा बढाएका छन् ।

पूँजी कोष अनुपात दुबै बैंकको उत्तम देखिन्छ । मेगाको १८ र टुरिजमकाे २० प्रतिशत बढी छ ।  मेगााको कर्जा निक्षेप अनुपातले सीमा नाघ्न लाग्दा टुरिजमकाे ७७ प्रतिशत छ ।

मेगा बैंकले बार्षिक ९ रुपैयाँ ४९ पैसा प्रतिसेयर आम्दानी गर्दा टुरिजमले १२ रुपैयाँ १४ पैसा रहेको देखिन्छ । मेगाको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५७ पैसा र टुरिजमकाे १३७ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।