सहयाेगी विकास बैंकको निरशाजनक प्रगति

Apr 29, 2018 Merolagani

सहयोगी विकास बैंक(SBBL)ले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा ७ करोड ६३ लाख कमाएको छ । गत बर्षको यही समयमा बैकले ९ करोड २९ लाख कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी गत बर्षको तुलनामा घटेको छ । गत बर्ष १७ करोड ८५ लाख ब्याज आम्दानी कमाएको बैंकले यो बर्ष १६ करोड ४७ लाखमात्र कमाएको छ ।

३१ करोड ४५ लाखको चुक्ता पूँजीलाई ५० करोड ४६ लाख बनाए पनि बैंकले सो बमोजिमको प्रतिफल दिन सकेको छैन । त्यही भएर प्रतिशेयर आम्दानी ३९.४१ रूपैयाबाट १९ रूपैयाँ ९८ मा सीमित भएको छ ।

बैंकको खराब कर्जा ०.५६ प्रतिशतबाट बढेर १.३२ प्रतिशतका पुगेको छ । समीक्षा अबधिमा ३ करोड २४ लाखको जोखिम ब्यवस्थापनका लागि राखिएको रकम बढेर ५ करोड ३४ लाख पुगेको छ ।

बैंकले अहिलेसम्म ३ अर्ब ४४ करोड निक्षेप संकलन गरेर २ अर्ब २४ करोड लगानी गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३५.६७ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।