काबेली विकासकाे नाफा घट्याे, खराब कर्जाकाे चुनाैति

Apr 29, 2018 Merolagani

काबेली विकास बैंक(KEBL) ले चालू आर्थिक बर्षको तेश्रो त्रेमासमा १ करोड १६ लाख खुद नाफा कमाएको छ । गत बर्ष बैंकले १ करोड ७९ लाख खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा आएको गिरावट र जोखिम कोष ब्यवस्थापनमा धेरै रकम राख्नु परेपछि नाफा प्रभावित भएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ करोड २६ लाखबाट ४ करोड १४ लाखमा सीमित भएको छ ।

खराब कर्जा २.११ प्रतिशतबाट ३.९४ प्रतिशतमा पुग्दा बैंकले जोखिम कोष ब्यवस्थापनमा १ करोड २१ लाख राख्नु परेको छ जब कि गत बर्ष यो शिर्षकमा बैंकले ७३ लाख ७२ हजार मात्र राखेकाे थियो ।

बैकको सञ्चालन नाफा पनि २ करोड ५७ लाखबाट १ करोड ७६ लाखमा झरेको छ ।

बैंकको चुक्ता पूँजी ११ करोड ४७ लाख छ भने रिर्जभमा ६ करोड १८ लाख छ । चालू तेश्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी बार्षिक १३ रूपैयाँ ५८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५३.८६ रूपैयाँ छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।