गत बर्ष ७९ करोड ८० लाख ब्याज आम्दानी गर्दा २९ करोड ७० लाख ब्याज खर्च तिरेको बैंकले यो बर्ष १ अर्ब १२ करोड ब्याज आम्दानी गर्दा ब्याज खर्चमै ६५ करोड ९६ लाख तिर्नु परेको छ ।
ब्याज खर्च , कर्मचारी र अन्य खर्च बढेपछि त्यसको असर खुद नाफामा देखिएको हो ।
समीक्षा अवधिमा बैंकले ०.२६ प्रतिशत कर्जालाइ ०.१६ प्रतिशतमा ल्याउन सफल देखिन्छ ।
तेश्रो त्रैमाससम्म आइपुग्दा बैंकले कम्पनीले १२ अर्ब ८५ करोड ६१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब ४६ करोड लगानी गरेको छ ।
अहिले बैंकसँग चुक्ता पूँजी एक अर्ब ३७ करोड ८६ लाख रूपैयाँ रहेको छ भने जगेडा काेषमा ५० करोड ३० लाख रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी बार्षिक २२.९४ रूपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६.७३ रूपैयाँ छ ।