मेरो माईक्रोफाइनान्सले बढाउन सकेन खुद नाफा

May 01, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा मेरो माईक्रोफाइान्स (MERO) काे खुद नाफमा गिरावट आएको छ । गत बर्ष यसै अवधिमा ६ करोड ९३ लाख खुद नाफा आर्जन गरेको कम्पनीको नाफा साढे १३ प्रतिशतले घटेर ५ करोड ९९ लाखमा खुम्चिएको छ ।

गत बर्ष ३० प्रतिशत बोनसबाट २८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसामा घटेको छ । गत बर्ष लघुवित्तको इपिएस ४२ रुपैयाँ रहेको थियो ।

यसअवधिमा लघुवित्तले ६९ करोड ९४ लाख निक्षेप संकलन गरि तीन अर्ब दुई करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीले निक्षेप २७ करोड तथा कर्जा लगानी ८१ करोडले बढोत्तरी गरेको छ ।

 

३३ करोड ६४ लाख व्याज आम्दानी गरेको मेरोले १८ करोड ४२ लाख व्याज खर्च गरेपश्चात खुद व्याज आम्दानीमा गत बर्षभन्दा २४ लाखले कमी आएर १५ करोड २२ लाख मात्र आर्जन गरेको छ । कर्मचारी र अन्य सञ्चालन खर्चमा भएको बढोत्तरीले कम्पनीको सञ्चालन नाफा गत बर्षको तुलनामा एक कराृड ४७ लाख रुपैयाँले घटेको छ ।

जगेडा कोषमा १२ करोड ३७ लाख रुपैयाँ सञ्चित राखेको लघुवित्तको खराब कर्जा अनुपात १.३९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।