८० करोड चुक्ता पूँजी रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ५१ लाख रुपैयाँ संचित गरेको छ । कम्पनीको ९ करोड ९१ लाख रुपैयाँ खुद आम्दानी गरेको छ ।
चालु बर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले दुई अर्ब ६७ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई अर्ब ३९ करोड तीन लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीमा ०.३८ प्रतिशत खराब कर्जा रहेको त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । कम्पनीको बार्षिक प्रति सेयर आम्दानी ६.३० रुपैयाँ रहेको छ ।