श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको खुद नाफा साढे ६ करोड

May 01, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स (SIFC) ले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा ५७ लाख बढेको हो ।

कम्पनीले चालु बर्षको तेश्रो त्रैमाससम्ममा एक अर्ब ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन अर्ब १८ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीको १२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ३४ करोड ५४ लाख तथा जगेडा कोष ३७ करोड ९२ लाख सञ्चित रहेको छ । कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन भने खर्च बढ्दा कम्पनीको समग्र नाफा अपेक्षित बढ्न सकेकाे छैन ।

कम्पनीले प्रवाह गरेको कर्जामध्ये ०.२२ प्रतिशत खराब कर्जा रहेको देखिन्छ । कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी २५.०९ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी वृद्धि गर्न कम्पनी ८३ प्रतिशत हकप्रद जारी गरिसकेकाले कम्पनीको प्रतिसेयर आम्दानी भने घट्ने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।