राष्ट्रियस्तरका विकास बैंकहरुमा कसको अवस्था कस्तो ?

May 01, 2018 merolagani

राष्ट्र बैंकको पूँजी वृद्धि नीतिले संख्यात्मक रुपमा कमजोर बनेका राष्ट्रियस्तरका विकास बैंकहरु वित्तीय आधारमा भने मजबुत बन्दै गएका छन् । २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएका बैंकहरुलाई पूँजीवृद्धिको अनुपातमा कारोबार विस्तारगरी लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्ने बाध्यता त छदैछ । तर यसबीचमा पनि आशालाग्दो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

व्यवसाय विस्तारको हिसाबले अढाई बर्ष अगाडिका वाणिज्य बैंक भन्दा बलिया देखिएका राष्ट्रियस्तरका विकास बैंकहरु हाल संचालनमै रहेका मध्यम र तल्लो क्रमका वाणिज्य बैंकहरुलाई समेत प्रगतिमा उछिन्न थालेका छन् ।

चुक्ता पुँजी ४ गुणा वृद्धि गर्नुपर्ने निर्देशनपछि कतिपय विकास बैंक मर्जर र एक्विजिसनमा गए भने केहीले आफैंले हकप्रद र बोनस जारी गरेर पूँजी पुर्याए । केही बैंकहरुको भने अझै तोकेको चुक्ता पूँजी पुगेको छैन ।

हाल संचालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ वटाले तोकेको चुक्ता पूँजी पुर्याएका छन भने ६ वटा पूँजी वृद्धिकै चरणमा रहेका छन् । महालक्ष्मी, ज्योति, मुक्तिनाथ, गरिमा, कैलाश र ओमले तोेकेको पूँजी पुर्याएका छन भन देव, सांग्रिला, टुरिजम, गण्डकी,लुम्बिनी र कामना सेवाले पूँजी पुर्याउन बाँकी छ । जसमध्ये टुरिजम मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ ।

पूँजीको आधारमा महालक्ष्मी विकास बैंक पहिलो बनेको छ । जसको चुक्ता पूँजी २ अर्ब ६३ करोड रहेको छ । जसले निक्षेप पनि सबैभन्दा धेरै २५ अर्ब ११ करोड रहेको छ । सबैभन्दा कम चुक्ता पूँजी कामना सेवा विकास बैंकको रहेको छ । उसले चुक्तापूँजी दुई अर्ब ६ करोड पुर्याएको छ ।

१२ विकास बैंकको कुल चुक्ता पूँजी २८ अर्ब ९४ करोड पुगेको छ भने उनीहरुको जगेडा कोषमा ९ अर्ब ८९ करोड रहेको छ । यस अवधिमा ती बैंकले कुल दुई खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ९८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

 

पूँजी वृद्धि हुँदै जाँदा विकास बैकहरुको वित्तीय आधार पनि मजबुत बन्दै गएको छ ।अधिकांस बैंकहरुले मर्जरलाई प्राथमिकता दिएकाले पनि उनीहरुको आकार बढ्नुमा मर्जरको योगदान उत्तिकै देखिन्छ । दुई बर्ष अगाडि २४ को संख्यामा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुमा १२ मै सिमीत भएका छन् ।

पूँजी निक्षेप र कर्जा परिचालनका साथसाथै व्यवसाय विस्तारको हिसाबले अब्बल बन्दै गएका विकास बैंकहरुको प्रगति चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उत्साहजनक नै देखिएको छ । हाल संचालनमा रहेका राष्ट्रिय स्तरका १२ विकास बैंकले ३ अर्ब ३४ करोड ४२ लाख रूपैयाँ खुद नाफा कमाएका छन् ।

राष्ट्रिय स्तरका १२ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले नै सबैभन्दा बढी ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसपछि कैलाश, गण्डकी, महालक्ष्मी तथा गरिमा उच्च नाफा आर्जन गर्नेमा परेका छन् । मुक्तिनाथ र कैलाशको नाफा सिभिलको बैंकको भन्दा बढी हो । लुम्बिनी विकास बैंकले सबैभन्दा कम १८ करोड ४४ लाख खुद कमाएको छ ।

प्रतिसेयर आम्दानी आधारमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी २१ रुपैयाँ ९३ पैसा रहेको छ । देव विकास बैंकको सबैभन्दा कम ११ रुपैयाँ ३९ पैसा रहेको छ । खराब कर्जा सबैभन्दा कम मुक्तिनाथको छ भने सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको छ ।

सेयरमूल्यका आधारमा सबैभन्दा महङो टुरिजमकोको प्रतिकित्ता ४२७ रुपैयाँ छ । मेगासँग मर्जरको प्रक्रियामा रहेकाले यसको कारोबार भने हुन पाएको छैन । यस्तै सेयरमूल्यका आधारमा देव विकासको सबैभन्दा कम १५० रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।