मिर्मिरे माइक्रोफार्इनान्सको बार्षिक प्रतिसेयर आम्दानी ६२.८६ रुपैयाँ

May 01, 2018 Merolagani

चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिर्मिरे माईक्रोफाईनान्स (MMFDB) ले चालू आवको ९ महिना अवधिमा ६२.८६ रुपैयाँ बार्षिक प्रतिसेयर आम्दानी कायम गरेको छ । कम्पनीको पूँजी थोरै रहेकाले प्रतिसेयर आम्दानीमा बढोत्तरी देखिएको हो ।

चालु आर्थिक बर्षको तेश्रो त्रैमासम्ममा माईक्रोफाईनान्सले दुई करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै समय भन्दा ७४ प्रतिशतले बढी खुद नाफा आर्जन गरेको हो । कम्पनीले जगेडा कोषमा चुक्ता पूँजी भन्दा ५ करोड धेरै रहेको छ । 

यस अवधिमा माईक्रोफाईनान्सले ३४ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब २४ करोड रुपैयाँ लघुवित्त सदस्यमा कर्जा प्रवाह गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा कम्पनीले १६ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरि ७४ करोड कर्जा परिचालन गरेको थियो ।

१४ करोड ३९ लाख ब्याज आम्दानी गरेको माईक्रोफाईनान्सले ८ करोड ४६ लाख खर्च गर्दा ५ करोड ९२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन गत बर्षको तुलनामा एक करोड ९ लाख बढी हो ।

यस अवधिमा कम्पनीले खराब कर्जा घटाएर ०.९७ प्रतिशतमा सीमित गरेको देखिन्छ । तर कर्जा नोक्सानीमा एक करोड २९ लाख व्यवस्था गर्दा ६६ लाख मात्र असुली गरेको देखिन्छ । कम्पनीको समग्र खर्च शिर्षक बढेका छन् ।

दुई सय ११ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको लघुवित्तको मूलय आम्दानी अनुपात ३९ गुणा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।