नेपाल बैंकको एफपिओका सम्बन्धमा गलत हल्ला फैलाइयो : देवेन्द्रप्रताप शाह

May 01, 2018 Merolagani

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बैंकको एफपिओको मूल्यका सम्बन्धमा गलत प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । २ सय रुपैयाँ प्रतिकित्ताका दरले एफपिओ निष्काशन हुने भन्ने भ्रामक सूचना प्रवाह गराइएको भन्दै उनले कुनै पनि हालतमा त्यस्तो नहुने बताएका हुन् ।

उनले कुन आधारमा २ सय रुपैयाँमा एफपिओ आउँछ भन्ने हल्ला चलाइयो भन्नेमा आफैं आश्चर्यमा परेको बताएका छन् ।

मेरोलगानीसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘हामीलाई २ सय रुपैंयामा एफपिओ निष्काशन गर्नु पर्ने कुनै जरुरत छैन, सेयर मूल्यका सम्बन्धमा धितोपत्र बोर्डमा प्रकृया पुगेपछि मात्र आधिकारिक निर्णय बाहिर आउँछ । हाम्रो योजना अनुसार अहिलेको अवस्थामा उचित मूल्य नपाए सेयर निष्काशन प्रकृया पर धकेलिने छ ।’

बैंकले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ प्रस्ताव गरेको थियो । यस सम्बन्धमा बैंकले सिद्धार्थ क्यापिटलसँग सम्झौता समेत गरिसकेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले एफपीओको सन्दर्भले दोस्रो बजार प्रभावित हुनु नहुने भन्दै २ सय रुपैंयामा सेयर निष्काशन हुने गलत हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

‘कुन आधारमा, कसले दिएको सूचनाका आधारमा यस्तो हल्ला बाहिर आयो भन्ने सम्बन्धमा खोजी गरिनेछ । हामी लगानीकर्तालाई प्रतिफल बाँड्ने हैसियत बन्ने अवस्थामा मात्र एफपिओ निष्काशन गर्छौ ।’

अहिले नै प्रस्तावित सेयर मूल्य सार्वजनिक गर्न नमिल्ने भन्दै शाहले २ सय रुपैयाँभन्दा कम प्रिमियममा बैंकले एफपीओ निष्काशन नगर्ने प्रष्ट पारेका हुन् । नियामकले गरेको व्यवस्था र बजारको अवस्थाका आधारमा प्रिमियमको तल्लो विन्दु २ सयदेखि २५० रुपैयाँ हुने भएकाले उक्त मूल्यभन्दा तलको मूल्यमा बैंकले एफपिओ निष्काशन नगर्ने शाहले बताएका हुन् ।

बैंकको नेटवर्थ र मार्केट भ्यालुलाई आधार मानेर उचित मूल्यमा एफपीओ जारी हुने र यसले बैंकलाई थप मजबुत बनाउने उनको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।