सहाराले जेठ ६ गतेदेखि २५० प्रतिशत हकप्रद जारी गर्ने

May 02, 2018 Merolagani

सहारा विकास बैंक (SHBL) ले आगामी जेठ ६ गतेदेखि चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले एनआईबिएल एस क्यापिटल मार्फत १ बराबर २.५ को अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस हकप्रदमा वैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले असार ९ गतेसम्म तोकिएको स्थानबाट आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले हकप्रदमा धितोपत्र बोर्डबाट आस्वा सेवाको स्वीकृती प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

यसका अतिरिक्त बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरु लालदरबार, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट समेत आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

देव विकास बैंकले एक्वायर गर्न लागेको सहाराको २५० प्रतिशत हकप्रद निष्काशन पश्चात २५ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी नाघ्नेछ । हाल बैंकको पूँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ ।

देव विकाससँग एक्वायरमा जाने भएपछि सहाराले हकप्रद बिक्रीको निर्णय खारेज गर्न चाहेको थियो । तर बोर्डले नियम अनुसार निर्देशन दिएपछि सहारा हकप्रद बिक्री गर्न बाध्य भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा कायम गरेको थियो । बैंकको एक्वायर सम्झाैता अगाडि अन्तिम पटक ४६० रुपैयाँमा सेयर काराेबार भएकाे थियाे । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।