हाम्रो विकास बैंकले बोनस पारित गर्न बैशाख ३१ गते बिहान ११ बजे होटल सताञ्चुली, विदुरमा नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले ३ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस पारित गर्नेछ ।
साथै, बैंकले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विशेष प्रस्ताव समेत पारित गर्देछ भने कार्यक्षेत्र विस्तार तथा ३ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि साधारण सभामा राखिएको छ ।
४५ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाम्रोको बोनसपश्चात ४९ करोड २१ लाख रुपैयाँ पूँजी कायम हुनेछ । एक जिल्ले विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुरुप ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।