स्वरोजगारी र उद्यमशीलताका राम्रा-राम्रा कार्यक्रम ल्याउँदैछौ : अर्थमन्त्री

May 02, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक बर्षको बजेटमा स्वरोजगारी र उद्यमशीलताका यथेष्ट कार्यक्रम ल्याउने खुलासा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक गाभिई एकीकृत कारोबारको शुभारम्भको अवसरमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले अवकाश प्राप्त कर्मचारीहरुलाई उक्त कार्यक्रममा आवद्ध हुन आग्रह  गरे ।

३० वर्षे सेवा अवधिपछि अवकाश लिने क्रममा रहेका विभिन्न संस्थाका कर्मचारीलाई लक्षित गर्दै खतिवडाले कर्मचारी जीवनबाट अवकाशपछिको समय स्वोरोजगारी र उद्यमशीलताको क्षेत्रमा लगाउन आग्रह गरे ।

'तपाईहरुले आफ्नो कार्यकाल पुरा गर्नु भएको छ । हाँसीखुसी घर जानुस् यसमा कुनै अन्यथा नलिनुस् । तपाईको नीजि जिवन अझै व्यवसायिक बनोस्, ३० बर्षे सेवापछिको पेन्सन,उपदानको रकम उपयोग गर्नुहाेस् । बाहिर बसेर समाजको सेवा गर्नुहाेस् । उत्पादनका काममा आफ्ना अनुभव लगाउनुहाेस् ।लघुउद्यम खोल्नुहाेस्, दुई तीन जनालाई रोजगारी दिनुहाेस् सके १०-२० जनालाई दिनुहाेस् । सक्रिय क्रियाशिल र उत्पादनशील जिवनको सन्दर्भमा सोच्नुहाेस् । यो निवृत जीवन झन सुखि हुन्छ, 'उनले भने ।

'अवकाशमा जाने साथीले धेरै रोइकराई नगरेर अब हामीले उत्कृष्ट सेवा दियौं यसको अनुभव र केही बचत लिएर जाँदैछौ । व्यवसाय गर्ने वातावरण चाहियो भन्नुहाेस्, सरकारले गर्नुपर्ने सबै कुरा हामी गरिदिन्छौ ।' अर्थमन्त्री खतिवडाले भने ।

'सरकारको नीतिले आउने परिवर्तनलाई स्वीकार गर्नुहाेस् । त्यो भन्दा अगाडि विद्यमानमा जे छ त्यसैमा उत्साहित भएर आफ्नो काम गर्नुहाेस् । बस्ने साथीहरुले कार्यशैली बदल्नुहाेस् ।' खतिवडाले भने ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।