आरएसडिसीको खुद नाफा ७४ लाखले बढ्यो

May 03, 2018 Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले खुद नाफा ७४ लाख १० हजार रुपैयाँले बढोत्तरी गरेको छ । कम्पनी गत आर्थिक बर्षको तेस्रो त्रैमासमा एक करोड ५६ लाख खुद नाफा कमाएको लघुवित्तले बढाएर दुई करोड ३० लाख रूपैयाँ आर्जन गरेको हो ।

दुई सय प्रतिशत हकप्रद जारीबाट ११ करोडको ५० लाखको पूँजीलाई ३६ करोड पुर्याएका लघुवित्तको प्रतिसेयर आम्दानी भने पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि १८.१५ रुपैयाँबाट घटेर ८.५४ रुपैयाँमा कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड निक्षेप संकलन गरि एक अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ११ करोड ९० लाख ब्याज आम्दानी गरि ७ करोड ३१ लाख खर्च गरेको छ । यद्यपि कम्पनीको खुद ब्याज आम्दानी दुई करोड ७४ लाखबाट ४ करोड ५९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

दुई करोड बढी बढेको कर्मचारी खर्चमा लघुवित्तले नियन्त्रण गर्न सकेको छैन भने निष्कृय कर्जा व्यवस्था र अन्य सञ्चालन खर्चले लघुवित्तको नाफा अपेक्षित बढ्न सकेको छैन । कम्पनीले तीन करोड ६२ लाख सञ्चालन आम्दानी गरेको छ ।

पूँजी कोष अनुपात ३२ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३२.४१ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ८५.४३ गुणा रहेको छ ।

थाेक कर्जा प्रदान गर्ने राष्ट्रिय स्तरकाे संस्थाले चुक्त्ता पूँजी कायम गर्न थप ६० प्रतिशत हकप्रद जारी गर्देछ । यसपछि कम्पनीकाे प्रतिसेयर अाम्दानीमा थप संकुचन अाउने भएकाले कम्पनीलार्इ व्यवसाय विस्तारबाट नाफा बढाउने चुनाैति सँगसँगै छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।