नेको इन्स्योरेन्सको एक लाख कित्ता लिलामीमा

May 03, 2018 Merolagani

नेको इन्स्योरेन्स (NIL) ले बैशाख १९ गते बिहीबारदेखि हकप्रदमा अवितरित ९९ हजार ९४८ कित्ता हकप्रद सेयर लिलामी बिक्री खुल्ला गरेको छ । लिलामी सेयरमध्ये ४ हजार ६३ कित्ता संस्थापक र ९५ हजार ८८५ कित्ता साधारण सेयर रहेको छ ।

यस कम्पनिको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले बैशाख २६ गतेसम्म शिलबन्दी आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । 

लिलामी सेयरमा एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट समेत आवेदन दिने व्यवस्था छ ।

आवेदकले लिलामीमा न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक सय कित्तादेखि माग गरिएको सम्पूर्ण सेयर संख्याको लागि शिलबन्दी बोलपत्र गर्न सकिने कम्पनीले जानकारी कम्पनीले दिएको छ ।

नेको इन्स्योरेन्सको बिहीबार सेयर मूल्य प्रतिकित्ता ६३० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

कम्पनीले माघ २६ गतेदेखि चैत १ गतेसम्म ५० प्रतिशत ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद जारी गरेकाे थियाे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।