ओम डेभलपमेन्टको शाखा पोखराको बिरौटामा पनि खुल्यो

May 03, 2018 merolagani

ओम डेभलपमेन्ट बैंक (ODBL) ले पोखराको बिरौटामा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले शाखाको उद्धघाटन गरे । त्यस्तै पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उक्त शाखाको एटिएम उद्धघाटन गरे ।

बिरौटामा शाखा संचालनमा आएपछि बैंकको शाखा सञ्जाल ५३ पुगेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए । बैंकले हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको अधिकारीले बताए ।

बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ । त्यस्तै बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ भने नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन तथा १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।