प्रभु बैंकले बोलायो साधारण सभा, के के छन् एजेण्डा ?

May 03, 2018 Merolagani

प्रभु बैंकले गत आर्थिक वर्षको साधारण सभा बोलाएको छ । केही समय अघि मात्र ४० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी ८ अर्ब नघाएको बैंकले डिबेञ्चार तथा बण्ड जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो । उसले लगानीकर्तालाई प्रतिफल प्रस्ताव गरेको छैन ।

ग्राण्ड बैंकलाई आफुमा विलय गरे पछि ग्राण्डतर्फको खराब कर्जा असुलीलाई प्राथमिकतामा राखेको बैंकले अहिले जगेडा कोषको आकार धनात्मक बनाएको छ । झण्डै साढे ३ अर्ब रुपैंया जगेडा कोषमा सञ्चित गरेको बैंकले यस पटक पनि लगानीकर्तालाई प्रतिफल बितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आगामी जेठ १० गतेका लागि साधारण सभा बोलाएको बैंकले अझै मर्जरमा जानका लागि मार्ग प्रशस्त गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । साथै बैंकले सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाँदै छ ।

ग्राण्डतर्फको खराब कर्जा असुलीका कारण गत आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै डेढ अर्ब कमाई गरेको बैंकले अहिले ५७ करोड ८७ लाख कम अर्थात ८६ करोड ७१ लाख रुपैंया खुद नाफा कमाएको थियो । बैंकको यो कमाईलाई सकरात्मक मान्नु पर्ने आधार उसको व्यवशाय झण्डै २३ प्रतिशतले बढ्नु हो । व्यवशाय बिस्तारबाट नै आम्दानीको आकार बढ्ने भएकाले आगामी दिनमा बैंक अझै सबल बन्दै जाने अनुमान गर्न सकिन्छ । तर अहिले नै बैंकले यस्तो गर्यो भन्दै उचालिन उपयुक्त नहुन सक्छ ।

बैंकले निष्काशन गरेको ४० प्रतिशत हकप्रद मध्ये झण्डै २३ लाख कित्ता सेयर लिलाममा राख्न बाँकी छ । उक्त सेयर लिलाम गरेर प्रिमियम आर्जन गरे पछि बैंकको लाभांस बितरण क्षमता बढ्नेछ । चौथो त्रैमाससम्ममा बैंकको अहिलेको अवस्थामा केही सुधार भएको आभाष लगानीकर्ताले गर्न पाउने देखिन्छ । यद्यपी राष्ट्र बैंकले तोकेको पूँजी पुर्याइसकेको अवस्थामा बैंकले लाभांस बितरणका सम्बन्धमा आगामी साधारण सभाहरुमा कस्तो रणनीति अख्तियार गर्छ भन्ने विषय चासोका रुपमा रहनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।