बैंक नगई इलेक्ट्रोनिक माध्यमबाटै खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देष्यले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको बैंकको भनाई छ ।
त्यस्तै बैंकले स्मार्ट सुबिधा ईन्टरनेट बैकिङ्ग, एमबिएल मोबाइल मनि, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, सि–आश्वा, अन्तरशाखा कारोबार, निःशुल्क तथा लकरमा ५० प्रतिशत सम्मको छुट सुबिधाहरु दिएको छ ।
बैंकले स्वास्थ्य र दुर्घटना बीमाको सुविधा प्रदान गर्ने भएको छ, जसमा ग्राहकले पाँच लाख रुपैयाँ सम्मको दुर्घटना, एक लाख अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधि खर्च प्रदान गर्ने जनाएको छ ।