सेन्ट्रल फाईनान्सको १० लाख ८५ हजार कित्ता सेयर लिलामीमा

May 03, 2018 Merolagani

सेन्ट्रल फाईनान्स कम्पनी (CFCL) ले बैशाख २० गतेदेखि बिहीबारदेखि १० लाख ८५ हजार ९३९ कित्ता सेयर लिलामी बिक्री खुल्ला गरेको छ । फाइनान्सले ९ लाख ८१ हजार ७०८ कित्ता संस्थापक र एक लाख ४ हजार २३० कित्ता साधारण सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको हो ।

फाइनान्स कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट रहेको छ ।

इच्छुक लगानीकर्ताले बैशाख २७ गते सम्म विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट शाखा कार्यालयहरु लालदरबार काठमाडौ, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बीरगञ्ज, गोल्हाचोक विराटनगरबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

त्यसैगरि इन्भेष्टमेष्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, धनगढी र सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोलबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सक्ने जनाइएको छ । फाइनान्सको सेयर बिहीबार प्रतिकित्ता १२४ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।