मर्जर सम्झौताको १६ महिनापछि मेगा र टुरिजमले एकीकृत कारोबार सुरु गर्दै

May 04, 2018 Merolagani

मेगा बैंक (MEGA) र टुरिजम डेभलपमेन्ट बैंकले बैशाख ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि दुबै बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए ।

नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले बैशाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैशाख १२ गते दुर्इ बैंकलाई एक आपसमा गाभिएर एकीकृत कारोबार सुरुवात गर्न अन्तिम स्वीकृती प्रदान गरेका थिए । अन्तिम स्वीकृती पश्चात एकीकृत कारोबारको मिति निर्धारण भएको हो ।

दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ ।मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो ।

टुरिजम बैंक (TDBL) का सेयरधनीहरुको सेयर स्वाप रेसियो अनुसार मेगा बैंकको सेयर सूचीकृत गरि जम्मा हुने जनाइएको छ । यसका लागि बैशाख २९ गतेदेखि सेयर सूचीकरण नभएसम्मका लागि सेयर अभौतिकिकरण रोक्का हुने भएकाले बैंकले सो मितिभित्रै टुरिजम् बैंकका सेयरधनीलाई आफुसँग रहेको भौतिक सेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

एकीकृत कारोबार लागि बैशाख २८ गते दुबै बैंकद्धारा प्रदान गरिने अतिरिक्त बैंकिङ्ग सेवा तथा २९ गते प्रदान हुने सार्वजनिक बिदाको प्रदान हुने हाेलिडे काउण्टर सेवा बन्द हुने बैंकले जनाएको छ । दुबै बैंकको एटिएम सेवा समेत २८ गतेको नियमित कारोबार समयदेखि ३० गतेसम्म बन्द हुने बैंकले जनाएको छ ।

बैशाख ३० गतेबाट टुरिजम् बैंक मेगा बैंकको नामबाट सञ्चालन हुनेछ भने टुरिजम् बैंकका ग्राहकले आफुँसँग रहेको चेक तथा एटिएम कार्ड मेगासँग प्रतिस्थापन गर्नसक्नेछन् र प्रतिस्थापन नगरेसम्म साविकको चेक समेत स्वीकार गर्ने मेगा बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।