होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा गरेको जनाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ९९ लाख कम हो । गत वर्षको यहि अवधिमा होटलले १७ करोड १६ लाख रुपैयाँ थियो।
होटलले चैतसम्ममा आफ्नो व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ६ करोड कम हो । गत वर्ष होटलले एक अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो।
होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ९० लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ २२.९० रुपैयाँ रहेको छ। जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो ।