रुरल माईक्रोफाइनान्सको चुक्ता पूँजीभन्दा जगेडा कोष आकर्षक

May 04, 2018 Merolagani

रुरल माईक्रोफाइनान्स (RMDC) को चुक्ता पूँजी भन्दा जगेडा कोष आकर्षक देखिएको छ । ७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ सञ्चित रहेको छ । 

चालू आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।लघुवित्तको नाफा २६.१४ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा ५ अर्ब ३१ करोड २१ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । यस अवधिमा लघुवित्तले २९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५७ लाख खुद ब्याज आम्दानी कमाएको थियो । 

कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बृद्धि नियन्त्रण गरेको कम्पनीले २६ करोडले कर्जा बढाएर २८ करोड ३८ लाख सञ्चालन नाफा कमाएको छ ।

शून्य प्रतिशत खराब कर्जा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ३३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८६.७३ रुपैयाँ, पूँजी कोष अनुपात २५.२९ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.२२ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।