ग्लोबल आईएमई लघुवित्तले खुद नाफा बढाउँदा एनएमबि माइक्रोफाइनान्सको घट्यो

May 04, 2018 Merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तले खुद नाफा बढाउँदा एनएमबि माइक्रो फाइनान्सको घटेको छ । यस अवधिमा ग्लोबल आईएमई लघुवित्तले एक करोड १४ लाख तथा एनएमबिले दुई करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा ग्लोबल आईएमई लघुवित्त (GILB) ले १३ लाख रुपैयाँले खुद नाफा बढाएको हो । गत बर्षको यसै अवधिमा एक करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा लघुवित्तले २९ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन र ८८ करोड ४ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

चालू आवको ९ महिनाको अवधिमा ९ करोड ५४ लाख ब्याज आर्जन गरेको कम्पनीले ५ करोड ५७ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यसबाट ३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा एक करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको देखिन्छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी बार्षिक १५.९३ रुपैयाँ तथा खराब कर्जा अनुपात १.२६ प्रतिशत रहेको देखिन्छ ।

उता एनएमबि माइक्रोफाइनान्स (NMBMF) को नाफा तीन करोड ५२ लाख रुपैयाँबाट दुई करोड १८ लाखमा झरेको छ । लघुवित्तको खुद नाफामा ३८.१५ प्रतिशतल कमि आएको हो ।

१४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ सञ्चित छ । तेश्रो त्रैमाससम्ममा लघुवित्तले ६१ करोड ५५ हजार रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब १३ करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कम्पनीले यस बर्षको तेश्रो त्रैमास सम्ममा ११ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ । जुन गत बर्षभन्दा एक करोड ६० लाख बढी हो । तर कर्मचारी खर्च र खराब कर्जा व्यववस्थापन कोषको खर्च उल्लेख्य बढ्दा कम्पनीको सञ्चालन नाफा ८० लाख रुपैयाँले कमी आएको छ ।

समीक्षा अवधिमा लघुवित्तको कर्मचारी खर्च साढे २ करोड, अन्य सञ्चालन खर्च एक करोड २ लाख र जोखिम व्यवस्थापन कोष एक करोड ३३ लाखले बढेको छ ।

बार्षिक २०.६४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तले प्रवाह गरेको कर्जामध्ये २.९३ प्रतिशत खराब कर्जा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।