सिद्धार्थ इन्स्योरेन्स र वोमी माइक्रोले पाए हकप्रद जारी गर्ने अनुमति, कसको कति ?

May 04, 2018 merolagani

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स र वोमी माइक्रोफाइनान्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशत तथा वोमीले ३० प्रतिशत हकप्रद बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन गरेका थिए ।

  दुई कम्पनीले गरी २४ करोड ७८ लाख रुपैयाँ बराबरको २४ लाख ७८ हजार २५३ कित्ता हकप्रद निष्काशन गर्नेछन् ।

बोर्डले सिद्धार्थलाई चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता र वोमीको ३० प्रतिशतले हुने दुई लाख ३३ हजार २८० कित्ता हकप्रद बिक्री गर्न स्वीकृत दिएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको एनएमबि क्यापिटल र वोमीको सिद्धार्थ क्यापिटलले सेयर बिक्री प्रबन्धक रहेको छ ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ ।

वोमी माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७७ लाख ६० हजार रहेको छ भने हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।