प्रभु इन्स्योरेन्सले वैशाख २८ गतेदेखि सेयरधनी किताब बन्द गर्ने

May 06, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले जेठ १० गते डाकेको विशेष सधारण सभाका लागि वैशाख २८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार विशेष सधारण सभामा बैशाख २७ गतेसम्म कायम रहेका सेयरधनीले सहभागि हुन पाउनेछन् ।

प्रभु इन्स्योरेन्सले जेठ १० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, तिनकुने काठमाडौंमा विशेष साधारण सभा आह्वान गरेको छ ।

सभामा इन्स्योरेन्स कम्पनीले ७ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव राखेको छ । जसमध्ये संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना, समूह ‘ख’ अर्थात कर्मचारी संचयकोषबाट मनोनित हुने १ जना र सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट ३ जना सञ्चालक निर्वाचित हुनेछन् ।

धितोपत्र बोर्डबाट ४६ प्रतिशत बराबरको ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता हकप्रद जारी गर्ने स्वीकृतिकाे पर्खाइकाे प्रकृयामा रहेको कम्पनीको हकप्रद जारी पश्चात एक अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।