कर्णालीको ८४% संस्थापक हकप्रद बिकेन, बैशाख ३१ गतेदेखि लिलामी गर्दे

May 06, 2018 Merolagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले जारी गरेको २२५ प्रतिशत हकप्रदमा १६ प्रतिशत सेयर मात्र संस्थापकले खरिद गरेको देखिएको छ । पछिल्लो समय संस्थापक सेयरधनीले लगानीको अनुपातमा प्रतिफल दिन नसन्ने कम्पनीकाे हकप्रदमा विद्यमान संस्थापकले पैसा खन्याउन छाडेका हुन्।

 बैंकले माघ ११ गतेदेखि चैत १ गतेसम्म १७ लाख ३२ हजार ७२५ कित्ता संस्थापक र १६ लाख ६४ हजार ७७५ कित्ता साधारण सेयर गरि ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद जारी गरेको थियो । 

जसमध्ये रितिपूर्वक आवेदन दिने ११ हजार ७१३ जनालाई दुई लाख ७१ हजार ४५५ कित्ता संस्थापक र १३ लाख ६३ हजार ८५७ कित्ता साधारण सेयर गरि कूल १६ लाख ३५ हजार ३१२ कित्ता सेयर बैंक सञ्चालक समतिको बैशाख ७ गते सम्पन्न बैठकले सेयर बाँडफाँड गरिसकेकाे छ ।

जारी गरेको सेयरमध्ये ठूलो परिमाणमा संस्थापक सेयर विक्री नभएपछि बैंकले बैशाख ३१ गतेदेखि उक्त सेयर लिलाम बढाबढमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता तथा तीन लाख ९१८ कित्ता साधारण गरि कूल १७ लाख ६२ हजार १८८ कित्ता अबितरित हकप्रद लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

लिलामी सेयर सकार्न इच्छुक व्यक्ति, कम्पनी, तथा संघ संस्थाले सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बैशाख ३१ गते देखि जेठ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

विक्री प्रबन्धकको अतिरिक्त प्रभु बैंकको शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत, धनगढी र कर्णाली डेभलपमेण्टको नेपालगञ्ज, बाँके, दाङ तुल्सिपुर घोराही, लमही शाखा कार्यालय मार्फत जेठ ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।

लिलामीमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम सबै कित्ता माग गर्न सकिनेछ । लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्न सकिनेछ ।

सबैभन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेश गर्ने आवेदकलाई सेयर बाँडफाँड हुनेछ ।

लिलामी विक्री पश्चात बैंकको चुक्ता पूँजी ४९ करोड ७ लाख पुग्नेछ। कम्पनीको सेयर आईतबार प्रतिकित्ता १२५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।