नबिलद्वारा एसएमई कर्जाका लागि छुट्टै ईकाई स्थापना

May 06, 2018 Merolagani

नबिल बैंक (NABIL) ले साना लघु, साना तथा मझौला ब्यवसायको क्षेत्रमा लगानी बिस्तार गर्नका लागि छुट्टै  शाखा स्थापना गरेको छ । त्रिपुरेश्वरमा बैंकले लगानी बिस्तारका लागि शाखा स्थापना गरेको हो ।  शाखाले मिड–कर्पोरेट, साना तथा मझौला प्रकृतिका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायीहरुलार्ई ऋण प्रदान गर्ने कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए।

मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई तीन करोडदेखि दश करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्नेछ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत माइक्रो फाइनान्समा गरिने शेयर लगानीलाई समेत समेट्ने शाहले जानकारी दिए ।

देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्देशले एक विशेष एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रबर्द्धनको लागि नबिल बैंकले सक्षमसँग मिलेर काम गर्ने शाहले बताए ।

अहिले बैंकले एसएमई तथा मिड–कर्पोरेट कर्जा २५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । नयाँ ब्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका ब्यापारिक, उत्पादनमुलक तथा सेवामुलक ब्यवसायलाई सहयोग प्रदान गर्ने उद्देश्य बैंकले फास्ट ट्र्याक कर्जा ल्याएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।