प्रभु बैंकको २५ लाख कित्ता सेयर लिलामीको पुर्वसन्ध्यामा आयो यस्तो सूचना

May 07, 2018 Merolagani

हकप्रद निष्काशन तथा लिलामीका बेला संस्थापक सेयर बिक्री नभएर कम्पनीहरुको रुवाबासी चलिरहेका बेला प्रभु बैंकले गज्जवको जुक्ति निकालेको देखिएको छ । बैंकले संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने सूचना निकालेर लिलामीबाट संस्थापक सेयर बिक्री हुने बाटो बनाएको छ ।

बैंकले योजना बनाएर सेयर रुपान्तरणको सूचना निकालेको हो वा हैन हामी भन्न सक्दैनौ, तर यसले बैंकको संस्थापक सेयर लिलामीका बेला सेयर सकार्नेहरु अघि सर्ने देखिन्छ । बैंकले हाल कायम चुक्ता पूँजीको झण्डै १० प्रतिशत संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्ने भएको हो ।

बैंकले केही समय अघि निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा नबिकेको झण्डै २५ लाख कित्ता सेयर लिलाम पश्चात चुक्ता पूँजी ८ अर्ब २४ करोड हाराहारी पुग्नेछ । उक्त सेयर मध्ये अहिले संस्थापकको हिस्सा ६१.३१ प्रतिशत तथा सर्वसाधारणको ३८.६९ प्रतिशत छ । यसलाई ५१ अनुपात ४९ बनाउन बैंकले १०.३१ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न लागेको हो । जस अनुसार बैंकले झण्डै ८५ लाख कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गर्नेछ ।

बैंकले सूचना मार्फत सेयर रुपान्तरण गर्न तयार भए नभएको सम्बन्धमा बैंकलाई जानकारी गराउन ३५ दिनको समयसीमा दिएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।