बेष्ट फाइनान्सको ७५ हजार कित्ता संस्थापक सेयर लिलामीमा

May 07, 2018 Merolagani

बेष्ट फाइनान्स (BFC) ले वैशाख ३१ गतेदेखि ७५ हजार ३४० कित्ता सेयर लिलामी गर्ने भएको छ । यसअघि चैत १८ गतेसम्म लिलामी खुला गर्दा अवितरित सेयर फाइनान्सले फेरी सर्वसाधारणले आवेदन गर्न पाउने गरि लिलामी गर्न लागेकाे हो ।

इच्छुकले फाइनान्सको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, ग्लोबल आइएमई बैंकको शाखाहरु वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट जेठ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बेष्ट फाइनान्सले गत चैत ९ देखि १८ गतेसम्म संस्थापक समूहको एक लाख ६ हजार ९४० कित्ता र सर्वसासाधारण समुहको एक हजार २०१ कित्ता सेयर लिलामी गरेको थियो । जसमा साधारण सेयर विक्री भएपनि ३१ हजार ६०० कित्ता संस्थापक सेयर मात्र विक्री भएको थियो ।

सिनर्जी फाइनान्सलाई एक बराबर एक सेयर अनुपातमा प्राप्ती गर्न लागेको बेस्टको संस्थापक सेयर अन्तिम पटक प्रतिकित्ता १०२ रुपैयाँमा कारोबार भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सले ३ करोड ४६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२.०९ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।