नेपाल बङ्गलादेश बैंकको ५६ औं शाखा काभ्रेको भुम्लुमा

May 07, 2018 Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) ले काभ्रेको भुम्लुमा नयाँ शाखा विस्तार गरेको छ । बैंक सञ्चालक इन्द्र बहादुर थापा र भुम्लु गाउँपालिकाका अध्यक्ष गोमान धोज कुँवरले विस्तारित शाखाको आइतबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

भुम्लु शाखाको औपचारिक शुभारम्भसँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । त्यस्तै ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटिएमबाट ग्राहकमा बैंकिङ्ग सुविधा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।