२२ सय रुपैयाँ सेयर मूल्य भएको कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ ३० पैसा !

May 07, 2018 Merolagani

एक रुपैंया ३० पैसा प्रतिसेयर आम्दानी रहेको कुनै कम्पनीको सेयरलाई कति मूल्य हाल्नु उचित होला ? यस्ता विषयमा लगानीकर्ताको ध्यान कति पुगेको छ भन्ने चासो सोमबार एउटा कम्पनीले उजागर गरेको छ । दोस्रो बजारमा २२ सय रुपैयाँभन्दा माथि सेयर मूल्य रहेको कम्पनीको एक कित्ता सेयरले जम्मा १ रुपैंया ३० पैसा मात्र कमाई गरेपछि सेयर बेच्न लगानीकर्ताको भाग दौड सुरु भएको छ ।

विषय हो नयाँ नेपाल लघुवित्तको । लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १ रुपैंया ३० पैसा भएको वित्तीय विबरण निकालेको छ । उक्त विबरण आए लगत्तै दोस्रो बजारमा अधिक मात्रामा सेयरमूल्यम गिरावट आई बिक्री चाप देखिएको थियो । तर थोरै सेयरसंख्या भएका कारण उक्त कम्पनीको सेयर मूल्य घट्न नदिने गिरोह सक्रिय भएको छ । ठुलो संख्यामा नयाँ नेपालको सेयर लिएर बसेकहरुले एकाएक सेयरमूल्य घट्न थाले पछि कृतिम रुपमा खरिद चाप देखाएर सेयरमूल्यलाई माथि चढाउने प्रयास गरेका छन् ।

गत बर्षको तेश्रो त्रैमासमा ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले यस बर्षको तेश्रो त्रैमासमा दुई लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यस्तो भयावह अवस्था आएको देखेपछि सेयरमूल्य घट्न नदिने खेल सुरु भएको हो । सामान्य लगानीकर्ताले यस्ता खेलाडीहरुबाट बच्न नसके लगानी फसाएर टाउकोमा हात लगाउनु सिवाय अरु विकल्प हुन सक्दैन ।

लघुवित्तको कर्मचारी खर्च अधिक मात्रामा बढे पछि कमाईमा यस्तो संकुचन देखिएको हो । यसले कम्पनीका लगानीकर्तालाई निराश बनाउने निश्चित छ । किनकी कर्जा परिचालन ५ गुणाले बढ्दा ब्याज खर्चका साथै कर्मचारी खर्चमा अधिक बढोत्तरीले लाभांस क्षमतामा तिब्र ह्रास आएको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात २.३२ प्रतिशत छ ।

लघुवित्तको चुक्ता पूँजी दुई करोड ४० लाख रुपैंया छ भने जगेडा कोषमा एक करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

दोस्रो बजारमा कसरी हुन्छ चलखेल ?

साना कम्पनी भएका कारण यस्ता कम्पनीको सेयर संख्या पनि थोरै हुन्छ । थोरै सेयर भएका कम्पनीको सेयर मूल्यतल माथि गराउन विभिन्न व्यक्तिका नाममा एक जनाले सेयर जम्मा गरेर बस्छ । अनि आफु अनुकुल सेयर मूल्य कायम गराउन सेयर बिक्रेता पनि आफैं बन्छ भने खरिदकर्ता पनि आफैं । अनि उसले आफुलाई आवश्यक सेयर मूल्य कायम गराउनका लागि थोरै कित्ताको दरमा फरक फरक व्यक्तिको नाममा सेयर कारोबार गराउँछ ।

यो मौकामा महंहगोमा सेयर किन्न आउने जो कोहीलाई पनि उसले सेयर भिराएर पठाउँछ । सोमबार नयाँ नेपाल लघुवित्तको हकमा पनि यस्तै हतकण्डा चलाइएको छ । लगानीकर्ता सचेत नबनी घटेको सेयरमूल्य फेरी बढ्यो भनेर उचालिन गएको खण्डमा लगानी फस्ने खतरा उत्तिकै हुन्छ । सोमबार जम्मा ५४४ कित्ता मात्र सेयर कारोबार भएका छन् । तर सेयरमूल्यमा आएको उतारचढाव डरलाग्दो छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।