नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, ९ महिनामा १० अर्ब ६९ करोड आर्जन

May 08, 2018 Merolagani

जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पूँजी भएको नेपाल लाईफले व्यवसाय बिस्तार गरेर १० अर्ब ६९ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ७ अर्ब ८१ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा दुई करोड ८७ लाखले बढाएको हो ।

नेपाल लाइफले चालू आर्थिक बर्षको ९ महिना अवधिमा ४३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बिमांकीय मुल्यांकन अघिको हिसाब भएकाले बास्तविक खुद नाफा यो भन्दा अरु धेरै हुनसक्छ । गत आवको यसै अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सवैभन्दा बढी चुक्ता पूँजी कायम गरेर सोही अुनसार बीमा ब्यवसाय र खुद नाफा पनि बढाउँदै लगेको छ । नेपाल लाईफले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा तीन अर्ब ९ करोड ६४ लाख चुक्ता पूँजी कायम गरेकोमा यस बर्षको सोही अवधिसम्म चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख पुर्याएको छ ।

गत आर्थिक बर्षको नाफाबाट र जगेडाको प्रयोगबाट ४२ प्रतिशत बोनस वितरण गरेपश्चात उसको जगेडा कोष चार अर्ब ७३ करोडबाट तीन अर्ब ४८ करोडमा झरेको छ । कम्पनीकाे जीवनकोषको आकार ४७ अर्ब ६८ करोड २६ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा ३२ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

उसको प्रतिसेयर आम्दानी १३.२१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १८६.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८७.४० गुणा र औसत प्रतिफल दर ११.७० प्रतिशत रहेको छ ।

चैतसम्ममा आफ्नो आम्दानी गत बर्षको तुलनामा २८ लाखले बढाएर ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सको नोक्सानी व्यवस्था रकम १९ करोड बढेपछि ३९ करोड ०७ लाख खर्च गरेको छ । 

कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाईफमा बिमितहरुको संख्या एक लाख ११ हजार बढी रहेको छ ।

 

यस अवधिमा कम्पनीले २७ हजार ९४४ संख्यामा परेको दाबी वापत तीन अर्ब ९१ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९४ करोड ८९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ ।

गत बर्ष कम्पनीले १७ हजार ८९५ संख्यामा परेको दाबी वापत एक अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने ५८ करोड ९४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।

नेपाल लाईफको बोनस दर ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म रहेकाले जीवन बीमा गर्नेहरुले पनि राम्रै प्रतिफल हासिल गरिरहेका छन् ।

कम्पनीकाे वित्तीय विवरण यहाँबाट हेर्नुहाेस्

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।