कम्पनीको नाम एफपिओ - हकप्रद कम्पनीमा बदल्ने भएन बेला ?

May 08, 2018 Merolagani

अहिले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले आफ्नो मुख्य व्यवशायलाई छाडेर हकप्रद अनि एफपिओका नाममा सर्वसाधारण लगानीकर्तालाई वित्तीय भार बोकाउने गरेका छन् । राष्ट्र बैंकको पूँजी योजनापछि तिब्र बनेको यो क्रम अझै चलिरहेको छ । पछिल्लो पटकको बीमा समितिको पूँजी योजनाले बीमा कम्पनीहरु पनि यही बाटोमा होमिएका छन् ।

लाभांश प्रस्ताव गरेको विषयलाई २ सातापछि सार्वजनिक गरी लगानीकर्तालाई गुम्राहामा पारेको सिर्जना फाइनान्सले पटक पटक हकप्रदको हल्ला चलाएर र लगानीकर्तालाई फसाउने खेल खेलिरहेको छ । यस अघि ३२.५ प्रतिशत बोनस बितरण गरेको कम्पनीले बोनस पारित गराउने साधारण सभामा नै ६० प्रतिशत हकप्रदको प्रस्ताव लगेको थियो । अहिले फेरी दोस्रो बजारलाई प्रभावित गराउने शैलीमा सोही हकप्रदको प्रस्ताव लिएर फाइनान्सले विशेष साधारण सभा बोलाएको छ । लाभांशको सूचना लुकाएपछि कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको तथ्य पनि सान्दर्भिक हुन्छ ।

उसले विशेष साधारण सभामा बीमा कम्पनीको अभिकर्ता भएर काम गर्ने प्रस्ताव पनि पारित गराउँदैछ । फाइनान्स कम्पनीले आफ्नो मुख्य काममा अपेक्षित नतिजा देखाउन नसक्ने हो भने किन अनेक बहानामा रुवाबासी गर्दै लगानीकर्तालाई फसाउने खेल खेल्छन् भन्नेमा लगानीकर्ता चनाखो हुनुपर्ने अवस्था आएको छ ।

स्मरण रहोस्, बिराटनगरमा मुख्य कार्यालय रहेको यो फाइनान्स गत असोज मसान्तमा २ करोड रुपैयाँको खुद नोक्सानी व्यहोरेको कम्पनी हो । आफ्नो मुख्य व्यवशायलाई सुदृढ बनाएर लगानीकर्तालाई लाभांश खुवाउने हैसियत बनाउनु कता हो कता, हकप्रद र बीमा कम्पनीको अभिकर्ताको ललिपपमा लगानीकर्तालाई फसाउन खोजिँदैछ ।

विगत केही वर्षको तथ्यलाई हेर्ने हो भने प्रतिकित्ता सेयरमूल्य ७० रुपैयाँको हाराहारीमा रहेका बेला फाइनान्सले नेप्सेलाई आफ्नो कम्पनीको सेयरमूल्य बढाइदिन पटक पटक आग्रह गरेको थियो । प्रत्येक त्रैमासहरुमा पहिलो बन्दै वित्तीय विबरण निल्दै आए पनि उसको व्यवसायिक यात्रामा अनेक किसिमका उतार-चढाव देखिँदै आएका छन् । लगानीकर्ताको मनोबाल जित्ने काम गर्नुको साटो फाइनान्सले हकप्रदको भारी बोकाउने भनी गरेको निर्णय बिचारणीय बनेको छ ।

सिर्जना फाइनान्स त एउटा उदाहरण मात्र हो । बीमा कम्पनी होस्, वा बैंक वा अरु कम्पनी, आफ्नो कामको प्रकृति अनुसारको व्यवसायबाट आम्दानी गर्न छाडेर नेप्सेमा सूचीकरण भएको फाइदा उठाउने ध्याउन्नमा लाग्दै आएको इतिहास छर्लङ्ग छ । यो पक्कै पनि लगानीकर्ताको हितमा छैन । अहिले पनि यो क्रम उत्तिकै चलिरहेको छ ।

अहिले बैंकिङ्ग प्रणालीमा देखिएको लगानीयोग्य रकमको अभाव पनि यसै कारणले निम्तिएको कुरामा पनि दुईमत छैन । अब बैंक, बीमा तथा अरु कम्पनीले आफ्नो नाम अनुसारको काम गर्ने कि, कम्पनीको नाम नै हकप्रद वा एफपीओ कम्पनी भनेर कामको प्रकृति फेर्ने भन्ने गज्जवको बहस लगानीकर्ताले गर्नुपर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।