नागबेली लघुवित्तको कमाई सुस्तायो

May 08, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा नागबेली लघुबित्त (NBBL) ले एक करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्ष यसै समयको भन्दा ९८ लाख ९७ हजार रुपैयाँले कमि हो । लघुवित्तले गत बर्षको यसै अवधिमा दुई करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

लघुबित्तले २२ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६७ करोड ६७ लाख रुपौयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तले गत बर्षको तेश्रो त्रैमासमा भन्दा ८.६५ प्रतिशले (८ करोड ९४ लाख रुपैयाँ) बढी ब्याज आम्दानी गरे पनि खुद ब्याज खर्च बढे पछि खुद ब्याज आम्दानी प्रभावित बनेको हो । 

लघुवित्तको कर्मचारी खर्च र ब्याज खर्च बढे पछि खुद नाफामा गिरावट आएको हो । लघुबित्तको चुक्ता पूँजी ७ करोड ६६ लाख रुपैंया छ भने जगेडा कोषमा ६ करोड ४५ लाख रुपैंया सञ्चित छ । लघुवित्तको प्रति सेयर आम्दानी ३१ रुपैंया ९९ पैसा छ भने निष्कृय कर्जा ३.७६ प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।