सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनसपश्चात कायम चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँको ३५ प्रतिशत अर्थात २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्काशन मिति भने कम्पनीले केही दिन पश्चात तोक्नेछ ।
हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हुनेछ । बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।