तेस्रो त्रैमासमा गुराँस लाइफको यस्तो छ प्रगति, नाफा ३९ प्रतिशतले बढ्यो

May 09, 2018 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चालु आर्थिक वर्षको चैतसम्ममा ४ करोड एक लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गतबर्षको यसैअवधिको तुलनामा भन्दा नाफा ३९.११ प्रतिशतले बढी हो । कम्पनीले गतबर्षको यसै अवधिमा दुई करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

गुराँस लाईफले खुद बीमा शुल्क अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा १८ करोडले बढाएर ८८ करोड पुर्याएको छ । त्यस्तै कर्जा लगानीबाट २८ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी १३ करोड ३६ लाख रुपैयाँ थियो।

 ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोष तीन अर्ब ८६ करोड, जगेडा कोषमा २० करोड र महाविपत्ति कोषमा दुई करोड ५९ लाख रुपैयाँ छ । कम्पनीले चालु आर्थिक बर्ष भित्रमा एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने बाध्यता छ ।

कम्पनीको बैंक मौज्दात २ करोड ६४ लाख रुपैयाँ छ भने अल्पकालीन कर्जा लगानी ४ अर्ब एक करोड रुपैयाँ छ । दीर्घकालीन प्रकृतिका मुद्दती निक्षेपमा २८ करोड १४ लाख रुपैयाँ लगानी गरेको देखिन्छ। कम्पनीले दुई लाख चार हजार जनाको जीवन बीमा गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क २६.६६ प्रतिशत र खुद दाबी भुक्तानी ६६.११ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको आम्दानी ३५.०२ प्रतिशत र खर्च तथा व्यवस्थाहरु ३०.७८ प्रतिशत बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ मात्र छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।