व्यवस्थापन फेरिएपछि आईएमई जनरल इन्स्योरेन्सको अबस्थामा सुधार

May 09, 2018 Merolagani

बिगतमा एनबी समूहले धरासायी बनाएको एनबी इन्स्योरेन्सुलाई हाथवे समूहले किनेर आईएमई जनरल इन्स्योरेन्स (IGI)  बनाएपछि कम्पनीले सुधारन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कारोबार तथा नाफा ह्वात्तै बढाएको छ ।

कम्पनीले चैत्र मसान्तसम्ममा ८ करोड २३ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७३ प्रतिशत बढी हो । गत वर्षको यहि अवधिमा भने इन्स्योरेन्सले ६ करोड २० लाख खुद मुनाफा गरेको थियो।

इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क १८.३६ प्रतिशत र खुद दाबी भुक्तानी १७६.१५ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको आम्दानी ६५.०६ प्रतिशत र खर्च तथा व्यवस्थाहरु १४४.५३ प्रतिशले बढेको छ । कम्पनीले यसै अवधिमा खुद बीमा शुल्क २८ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ भने ९ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको आईएमई जनरल इन्स्योरेन्सको जगेडा कोष ११ करोड ४९ लाख रहेको छ । कम्पनीले ०७५ असार मसान्तसम्ममा एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यता छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।